स्थानीय तहलाई पिपिई लगायत अन्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण - Himal Post Himal Post
  • २२ चैत्र २०८१, शनिबार
  •      Sat Apr 5 2025
Logo

स्थानीय तहलाई पिपिई लगायत अन्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण



कैलाली । कैलालीको विभिन्न स्थानीय तहलाई पिपिइ सेट सहित स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ को संभावित खतराबाट जोगाउन सहयोग पुर्‍याउने उद्धेश्यले केयर नेपालको सहयोगमा सामाजिक विकासका लागी सचेत समाज (CSSD) धनगढीद्धारा विभिन्न स्थानीय तहमा मंगलबार उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको हो ।

भजनी नगरपालिका , टिकापुर, लम्कीचुहा नगरपालिका र कैलारी गाउँंपालिकालाई क्वारेन्टाइन , स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरहरुमा प्रयोग गर्नका लागी पिपिई सेट लगायतका अन्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको सामाजिक विकासका लागी सचेत समाज कैलालीका परियोजना संयोजक भरत वि.क. ले बताए ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा पिपिई (व्यक्तीगत सुरक्षाका सामग्री) लगायत अन्य सरसफाई तथा सुरक्षाका सामग्रीहरु गरि करिब ३ लाख २७ हजार बराबरको सामग्रीहरु रहेको छ । यस अघि पनि उक्त संस्थाकै सहयोगमा ८ लाख २५ हजार बराबरको पिपिई सेट तथा सुरक्षाका सामग्रीहरु सेती प्रादेशिक अस्पताल धनगढीलाई हस्तान्तरण गरिएको थियो । यसरी कुल जम्मा ११ लाख ५२ हजार बराबरको सामग्रीहरु हस्तान्तरण गरिएको कार्यक्रम संयोजक भरत वि.क. ले जानकारी दिए ।