पार्टीको सबै पावर आफै लिए विप्लवले - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

पार्टीको सबै पावर आफै लिए विप्लवले



काठमाडौं । चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।

चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुल्ला मोर्चा’मा पठाएको छ । ‘५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई पद घटुवा गरेर कारबाही गरिएको हो ।’, एक केन्द्रीय सदस्यले भने, घटुवा गरे पनि खुला मोर्चामा जिम्मेवारी दिइएको छ ।’ तीमध्ये केहीले पार्टीले दिएको जिम्मेवारी पूरा नगरेपछि हटाइएको उनको भनाइ छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।