विष्णु पौडेलका कारण स्थगित भयो सचिवालय बैठक - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

विष्णु पौडेलका कारण स्थगित भयो सचिवालय बैठक



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बस्ने भनिएको सचिवालय बैठक पार्टी महासचिव विष्णु पौडेलका कारण स्थगित भएको छ । शुक्रबार दुई अध्यक्ष भेटेर शनिबारका लागि तय गरेको सचिवालय बैठक एकाएक स्थगित भएको सुचना जारी गरिएको थियो ।

अब बैठक आइतबार बस्ने भएको छ । आज (शनिबार) दिउँसो ४ बजेका लागि बोलाइएको बैठकबारे महासचिवले सचिवालय सदस्यहरूलाई खबर नै नगरेपछि बैठक रोकिएको एक सचिवालय सदस्यले जानकारी दिए।

उनका अनुसार बैठक आइतबार ४ बजेका लागि तोकिएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले एकलौटी रुपमा गरेको राजनीतिक नियुक्तिलगायत पार्टी एकताको बाकी काम सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ ।

लामो रस्साकस्सीपछि साम्य भएको नेकपा विवाद राजनीतिक नियुक्ति र मन्त्रिपरिषद पुनर्गठनकै मुद्दाले फेरी बल्झिने देखिएको छ ।