दाहाल भेट्न प्रधानमन्त्रीले पठाए पौडेल र नेम्वाङलाई - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

दाहाल भेट्न प्रधानमन्त्रीले पठाए पौडेल र नेम्वाङलाई



काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्बाङलाई अस्पतालमा पठाएका छन्

बुधबार बिहान बिरामी परेपछि अस्पताल भर्ना भएकी सिता दाहाललाई भेट्न पौडेल र नेम्वाङ मेडिसिटी अस्पताल पुगेका हुन् ।

पौडेल र नेम्वाङले सिता दाहालको अवस्था बुझेर स्वास्थ्य लाभको कामना गरेको बताइएको छ। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट पनि स्वास्थ्य लाभको सन्देश दिएका थिए ।

यसैबीच, प्रधानमन्त्री ओलीले ११ दिनपछि प्रचण्डलाई फोन गरेर पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझेका छन् । उनले सीता दाहालको स्वास्थ्य लाभको कामना समेत गरेको बताइएको छ।