मन्त्री पदसंग राजधानी साटेको भन्दै विष्णु पौडेललाई कालोझण्डा देखाइयो - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

मन्त्री पदसंग राजधानी साटेको भन्दै विष्णु पौडेललाई कालोझण्डा देखाइयो



बुटवल । लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झन्डा देखाइएको छ ।

नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले बुधबार पौडेललाई बुटवलमा कालो झण्डा देखाएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवलको पुरानो बसपार्क नेपालगञ्जरोडमा कालोझण्डा देखाएको नेपाली काँग्रेसका नेता विष्णु पोखरेलले जनाएका छन् ।

सडकमा बाक्लो सङ्ख्यामा रहेका तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । मङ्गलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा दुई दिन विभिन्न कार्यक्रममा सहभागी हुदैछन् ।

कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने भने नभएको जनाइएको छ ।