विष्णु पौडेललाई कारबाही गर्ने मन्त्री बास्कोटाको सङ्केत
काठमाण्डाै – सरकारले बालुवाटारमा रहेकाे सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा बिक्री गर्नेमाथि कडा कारबाही गर्ने स्पष्ट पारेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा लिने कुनै पनि ओहोदा, पदका व्यक्तिमाथि कारबाही हुने बताएका छन् ।
गएकाे वैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिन बिहीबारआयोजित पत्रकार सम्मेलनमा उहाँले ललिता निवासको जग्गा बिक्री वितरणमा रोक लगाइएको पनि स्मरण गराए । सरकार आफ्नो स्वामित्वमा रहेको कुनै पनि जमिन सुरक्षा गर्न सक्षम रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।
फरक प्रसंगमा मन्त्री बाँस्कोटाले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा सरकार नरहेको पनि बताएका छन् । संयुक्त राष्ट्र संघले द्वन्द्वकालका न्याय निरुपणका विषयमा प्रश्न उठाउँदै नेपाल सरकारलाई पत्राचार गरेको छ । त्यससम्बन्धमा राखिएको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले नेपालको द्वन्द्वकालका घटनाको न्याय निरुपण गर्न नेपाल आफै सक्षम रहेको पनि बताए ।
मन्त्री बास्कोटाले द्वन्द्वकालका घटनाको न्याय निरुपणको कामलाई सरकारले अघि बढाएको उल्लेख गर्दै त्याे समस्या छिट्टै समाधान हुने पनि बताए ।