कांग्रेसकै नेता प्रदीप पौडेलले गरे देउवाको आलोचना - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कांग्रेसकै नेता प्रदीप पौडेलले गरे देउवाको आलोचना



काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवाले ल्याएको अध्यादेशको चर्को आलोचना गरेका छन् ।

नेता पौडेलले सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि ल्याएको अध्यादेशको विरोधमा प्रदीप पौडेलले आफ्ना तर्क राखेका छन् ।

सामाजिक सन्जाल ट्विटरमा पौडेलले संसद छलेर अध्यादेश ल्याउने देउवाको कदमको विरोध गरेका हुन् ।यसका लागि उनले गत वैशाखमा प्रधानमन्त्री केपी शर्मा आलीले अध्यादेश ल्याएको प्रसंग निकालेका छन् ।

‘हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउँदा हामी प्रतिपक्षमा थियौँ,’ पौडेलले ट्विट गरेका छन्, ‘उनले गलत गरे, हामीले त्यसको डटेर प्रतिकार गर्यौँ ।’

त्यसपछि उनले अहिले सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको प्रसंग जोडेका छन् । अनि यसलाई हिजोको त्यो ओली प्रवृत्तिभन्दा फरक नभएको उनले बताएका छन् ।

यसलाई असंवैधानिक कामको संज्ञा दिँदै पौडेलले लेखेका छन्, ‘असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।’