अर्थमन्त्री विष्णु पौडेलमाथि आक्रमण प्रयास: कार्यक्रम बिथोलियो
काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै आज रुपन्देहीमा ढुंगा प्रहार गरिएको छ ।
बुटवलको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि लक्षित गर्दै स्थानियले ढुंगा प्रहार गरेका हुन् ।
ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही घाइते भएका बताइएको छ ।
पौडेलले भाषण गर्दागर्दै मञ्च नै तोडफोड गरेपछि कार्यक्रम बिथोलिएको छ ।