सञ्चार मन्त्रीको नजर ‘पोर्न साईट’मा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सञ्चार मन्त्रीको नजर ‘पोर्न साईट’मा



समाजमा विभिन्न खालका अपराधमा बृद्धि भएपछि सरकारले सबै ‘पोर्न साईट’ बन्द गराउने कडा निर्देशन जारी गरेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएका हुन् ।

पछिल्लो समय विभिन्न जिल्लामा बलात्कारका घटनामा बृद्धि भएका छन्, जसको एउटा कारण ‘पोर्न साइट’ को निर्वाध प्रयोग हो भन्ने मन्त्रालयको निष्कर्ष छ ।

विहीबारमात्र बर्दियामा एक १० बर्षे बालकले ७ बर्षीया बालिकालाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो । यो घटनापछि मन्त्रालय सम्बेदनशील देखिएको हो ।

सो घटना सार्वजनिक भएको भोलिपल्टै मन्त्री बास्कोटाले ‘पोर्न साइट’ हरु बन्द गर्ने निर्देशन दिए ।