जनसंख्या वृद्धिदर : लुम्बिनीमा बढ्ने, गण्डकीमा घट्ने कारण के होला ? - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

जनसंख्या वृद्धिदर : लुम्बिनीमा बढ्ने, गण्डकीमा घट्ने कारण के होला ?



नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्दि्रय तथ्यांक विभागले जनाएको छ ।

यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ ।

यहाँ पछिल्लो १० वर्षको जनसंख्या वृद्धिदर केवल ०.३१ प्रतिशत मात्र हो । २०६८ सालमा गण्डकीमा २४ लाख ३ हजार ७ सय ५७ जनसंख्या रहेको थियो ।

सबैभन्दा बढी भने लुम्बिनी प्रदेशको वृद्धिदर देखिन्छ । ५१ लाख २४ हजार २ सय २५ जनसंख्या हुँदा वृद्धिदर १.३० प्रतिशत रहृयो । २०६८ सालमा यहाँ ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको थियो । प्रदेश १ मा ०.९२, मधेश प्रदेशमा १.२५, बागमतीमा ०.९६, कणर्ालीमा ०.७६ र सुदुरपश्चिम प्रदेशको जनसंख्या वृद्धिदर ०.६० प्रतिशत रहेको छ ।

नेपालको जनसंख्या २०६८ मा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा २०७८ मा ०.९७ प्रतिशतको वृद्धिदरसहित २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।