यी अभिनेत्री जसले १५ दिनको अभिनयका लागि दुई करोड भारू मागिन - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

यी अभिनेत्री जसले १५ दिनको अभिनयका लागि दुई करोड भारू मागिन



मुम्बई – बलिउड अभिनेत्री पूजा हेगडेले १५ दिनको अभिनयका लागि दुई करोड भारू पारिश्रमिक मागेकी छिन् । उनको यो मागले बलिउड तताएको छ ।

बलिउड फिल्म ‘मोहनजोदारो’मा मुख्य भूमिका निभाइसकेकी पूजा हेगडेलाई धेरैले मन पराउँछन् ।

उनी दक्षिण भारतीय फिल्ममा लामो समयदेखि सक्रिय छिन् । निकै फिल्ममा मुख्य भूमिकामा देखिएकी छिन् । पूजाले बलिउडमा भने अहिलेसम्म एउटै फिल्ममा पनि काम गरेकी छैनन् ।

अहिले बलिउडमा निर्देशक हरिश शंकर पूजाले अभिनय गर्ने भनिएको फिल्म ‘वाल्मीकि’लाई लिएर चर्चामा छन् । यस फिल्मका लागि निर्माताले मुख्य अभिनेत्रीको भूमिकामा पूजा हेगडेसँग सम्पर्क गरेका थिए ।

भारतीय मिडियामा चलिरहेको खबरअनुसार यस फिल्मका लागि पूजाले १५ दिन सुटिङ गर्दा दुई करोड पारिश्रमिक मागेकी हुन् । तर, अहिलेसम्म निर्माता र पूजा हेगडेले पारिश्रमिकलाई लिएर आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।