प्रहरी नै लुटेरा, पक्राउ परे दुई प्रहरी - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

प्रहरी नै लुटेरा, पक्राउ परे दुई प्रहरी



नक्कली सुन देखाएर मंगलबार राती बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ।

घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेशनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हबल्दार रहेका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

प्रहरीले बल्खुबाट एक किलो नक्कली सुनसहित पाँच जनालाई पक्राउ गरेको थियो। प्रहरीले औपचारिक रुपमा हबल्दारको नाम सार्वजनिक नगरे पनि श्रोतले उनीहरु महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिकराम बिक र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको जनाएको छ।

प्रहरीले भने पक्राउ परेका तीन जनाको नाम मात्रै सार्वजनिक गरेको छ। ललितपुर सानेपाका २८ वर्षीय गोपाल विक, पाटनका २७ वर्षीय सञ्जयकुमार तिरुवा र दाङ राप्ती २ का २७ वर्षीय शिव कुमालको नाम प्रहरीले सार्वजनिक गरेको हो।

लुटिने व्यक्तिको नाम सुरक्षाको कारण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।