पलविरुद्ध प्रहरीले शुरू गर्यो एक्सन : निर्देशक सुदर्शन थापा र पलका म्यानेजर प्रहरी नियन्त्रणमा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

पलविरुद्ध प्रहरीले शुरू गर्यो एक्सन : निर्देशक सुदर्शन थापा र पलका म्यानेजर प्रहरी नियन्त्रणमा



चलचित्र निर्देशक सुदर्शन थापा र अभिनेता पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी प्रहरीको नियन्त्रणमा परेका छन् । 

एक नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि फरार रहेका पलसँग निरन्तर सम्पर्कमा भएको देखिएपछि थापालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । 

यस्तै पलका म्यानेजर भनिएका जोशीसँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 

पलविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी गरिरहेको छ । 

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको छ ।