प्रहरीका ६ डिआईजीको सरुवा को कहाँ ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रहरीका ६ डिआईजीको सरुवा को कहाँ ?



काठमाडौं– प्रहरी प्रधान कार्यालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ ।

पहिलो श्रेणीमा बढुवा भएका डिआईजी बिनोद शर्मा घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ भने एसएसपी हुँदा प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका डिआईजी शैलेश थापा क्षेत्रीलाई महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।

प्रहरी प्रधान कार्यालयले ६ जना डिआईजीको सरुवा समेत गरेको छ । यसअघि महानगरीय प्रहरीको प्रमुख रहेका डिआईजी मनोज नेउपाने प्रहरी प्रधान कार्यालयअन्तर्गतको प्रहरी निरीक्षणालयमा सरुवा भएका छन् ।

डिआईजी दिनेश आमात्य प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको प्रमुखका रुपमा सरुवा भएका छन् ।

हेनुहोस् कसको कहाँ सरुवा र पदस्थापन भयो ?