हानिकारक रसायन मिसाएको सेनिटाइजर कारखानामा प्रहरीको छापा - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

हानिकारक रसायन मिसाएको सेनिटाइजर कारखानामा प्रहरीको छापा



काठमाडौं ।प्रहरीले नक्कली ह्यान्ड सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ । मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गर्ने आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मरेको हो ।

ललितपुरको इमाडोलमा रहेको उक्त सेनिटाइजर कम्पनीमा महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले छापा मारेको हो । ‘७५ प्लस’ नामको सो सेनिटाइजर मानव शरीरका लागि अत्यन्त हानिकारक ‘मिथानोल’ नामक रसायन मिसाएको थाहा भएको छ ।

ल्यावमा परिक्षण गर्दा हानिकारक रसायन मिसिएको देखिएको प्रहरीले जनाएको छ । सो कम्पनीका अन्य डिलरमा पनि छापा मारेका प्डिरहरीले बताएको छ । उद्योग संचालक आशिष प्याकुरेललाई महाशाखाको टोलीले पक्राउ गरेको छ ।