प्रहरीको बलमा विर अस्पतालको काउन्टर खुला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रहरीको बलमा विर अस्पतालको काउन्टर खुला



काठमाडौं– सरकारी चिकित्सकहरूको आन्दोलनका कारण बिरामी मारमा परेपछि सरकारले बल प्रयोग गरेको छ । प्रहरीले वीर अस्पतालमा आफैं टिकट काटेर वितरण गर्न थालेको छ ।

गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट अस्पताल प्रशासनलाई टिकट काटेर बिरामीलाई सेवा दिन निर्देशन दिएपछि प्रहरीले आफै टिकट काट्न थालेको हो । सरकारको कडा निर्देशनपछि चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी लगाएर ओपिडी टिकट काउन्टर खुला गरेको हो ।

बिरामीलाई मर्कामा पार्ने गरी आन्दोलन नर्गन आन्दोलनरत पक्षलाई अस्पतालले आग्रह गरेको छ । आन्दोलनरत गोदानका चिकित्सकहरूले भने सरकारको यो दमन विरुद्ध अब कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । प्रहरीले आन्दोलनरत चिकित्सकमाथि दुर्व्यवहार गरेको गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए । प्रहरीले आफूहरूलाई धर्नास्थलमै घेराबन्दी गरेर जवरजस्ती टिकट वितरण गरेको उनले बताए ।