प्रहरीको साखमाथि संशय ! - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

प्रहरीको साखमाथि संशय !



‘हरेक नागरिक बर्दीबिनाका प्रहरी ।
हरेक प्रहरी बर्दीका नागरिक ।’

सुरक्षा फौजमा प्रचलित यो भनाइले प्रहरीको सफल्तामा नागरिकको साथ र सदभाव लुकेको सन्देश दिन्छ । तर, अहिले प्रहरीको यही मुल मन्त्र च्युत बनेको छ ।
कञ्चनपुरमा १० साउनमा बलात्कृत निर्मला पन्त प्रकरणले त प्रहरीको संस्थागत साख नै संकटमा धकेलिदिएको छ ।

प्रहरीको कामबाट चित्त बुझाउन नसकेका स्थानीयले आन्दोलन चकाएपछि प्रहरी गोलीबाट एक किशोरको ज्यान गुम्यो ।
भौतिक क्षतिको लेखाजोखा छैन ।

एक महिनादेखि कञ्चनपुर यसरी नै आक्रोशित छ ।

यो त प्रहरीको अनुसन्धानमाथि सर्वसाधारणको चुलिँदो अविश्वासको पछिल्लो प्रकरण मात्र हो ।

कानुन कार्यन्वयन शान्ति सुरक्षा र अपराध नियन्त्रणको मुलभुत जिम्मेवारी बोकेको मुलुकको फ्रन्टलाइन फौजप्रति नागरिकको विश्वास टुट्दै गएका यस्ता थुप्रै दृष्टान्त छन्।, आजकोनेपालसाप्ताहिकमा यो खबर छ ।