पोल गाडिएको बर्षौ बितिसक्दा पनि बत्ति बलेन - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पोल गाडिएको बर्षौ बितिसक्दा पनि बत्ति बलेन



ललित जाग्री / कैलाली ।
प्रदेश नंं ७ को सुगम जिल्ला भनेर चिनिने कैलालीको घोडाघोडी नगरपालिका वडा नं ५ मा पोल गाडिएको बर्षौ बिति सक्दा पनि बिद्युत प्रवाह हुन सकेको छैन् ।

वि.स. २०६९ साल फागुन १२ गते साबिक रामशिखरझाला वडा न. ८ का अगुवाहरुको बैठक बसी मान बहादुर शाही अध्यक्ष रहने गरी ११ सदस्यीय समिति  गठन गरेको थियो । समितिले वडाका प्रत्येक घरघुरी बाट रू १५ सय उठाउने निर्णय गरेको थियो । समितिको निर्णय अनुसार २९१ घरघुरी बाट रकम संकलन गरेर घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष भिम बहादुर बडुवाल लाई हस्तान्तरण गरेको थियो ।

वडा बाट १० प्रतिशत रकम संकलन गर्ने र घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले ९० प्रतिशत लगानी सहमति भएको थियो। घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले सहमति भए अनुसार काम नगर्दा अहिले वडा नंं  ५ का स्थानियहरु नराम्ररी प्रभाबित भएका छन् । यहाँका स्थानियहरु लाई कुटानी पिसानीको लागि पनि वडा भन्दा बाहिर जानु परिरहेको छ ।

त्यस्तै वडाका विद्यालयहरुमा कम्प्युटर शिक्षा अनिवार्य भए पनि विद्युत नहुदा शैक्षिक क्षेत्र पनि नराम्ररी प्रभाबित भएका छन्। प्रत्येक विद्यालयहरुमा कम्प्युटर भए पनि त्यत्तिकै थन्क्याउनु पारेको छ । घरमा विद्युत नभएकै कारण यहाँका विद्यार्थीहरु लाई लेखपढ गर्न पनि कठिन भईरहेको छ । विद्युतिकरणका लागि वि.स. २०६९ सालमा रकम संकलन गरेको भए पनि अहिले सम्म गाँउमा विद्युत नपुगेकोले रकम दुरुपयोग भएको स्थानियहरुको आरोप छ ।

सडकको नाली खन्दा कतिपय पोलहरु नालीमा पारेको र पोल सार्नु पर्ने भएकोले विद्युतिकरणमा केहि ढिलो भएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । विद्युतिकरणको ठेक्का लिएको ललितपुरको जनमुखी कन्ट्रक्सन प्रा.ली.ले २०७५ असार मसान्तसम्म काम सक्ने भने पनि ठेकेदारले समयमा काम गर्न नसकेको कारण समस्या भएको र अब छिट्टै नै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसद, नगर प्रमुख लगायतको टोली डेलिकेशनका लागि केहि दिनमै काठमाडौं जाने तयारीमा रहेको घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष भीम बहादुर बडुवालले जानकारी दिनुभएको छ ।