पोल्यान्डको शानदार जित, लेवान्डोस्की चर्चामा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

पोल्यान्डको शानदार जित, लेवान्डोस्की चर्चामा



एजेन्सी – युरोकप छनोटमा पोल्यान्डले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा पोल्यान्डले इजरायलमाथि ४–० को शानदार जित हात पारेको हो ।

घरेलु मैदान वार्सजावामा पोल्यान्डको शानदार जितमा क्रेजिस्टोफ पियाटिक, रोवर्ट लेवान्डोस्की, कामिल ग्रोसिकी र डामियन काड्जियरले गोल गरे ।

खेलको ३५औं मिनेटमा क्रेजिस्टोफ पियाटिकले तोमास्ज काड्जिओराको पासमा गोल गरेपछि पोल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो ।

त्यसको दुई मिनेटपछि नै कामिल ग्रोसिकीले गोल गर्दै पोल्यान्डलाई सहज जिततर्फ अघि बढाए । ८४औं मिनेटमा डामियन काड्जियरले गोल गर्दै ४–० को जित पक्का गरे ।

जितसँगै समूह ‘जी’ मा पोल्यान्डमा ४ खेलमा अपराजित रहेर १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इजरायल ७ अंकसहति दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ४–१ ले हरायो । आत्मघाती गोलबाट पछि परेको अष्ट्रियाले पुनरागमन जित निकालेको हो । अष्ट्रियको जितमा मार्काे अर्नाउटोभिकले २ तथा भ्यालेन्टिनो लजारोले एक गोल थपे ।

जितसँगै अष्ट्रिया ४ खेलबाट ६ अंक जोडेर तेस्रो तथा पराजित म्यासेडोनिया ४ अंकसहति पाँचौ स्थानमा छ ।

अर्काे खेलमा स्लोभेनियाले लात्भियामाथि ५–० को फराकिलो जित निकाल्यो । स्लोभेनियाको फराकिलो जितमा डोमेन र जोसेफले समान २ तथा मिहा जाजले एक गोल थपे । स्लोभेनिया ५ अंक जोडेर चौथो स्थानमा तथा लात्भिया अंकविहीन हुदै पुछारमा छ ।