पोखरीमा डुबेर एक वृद्धको मृत्यु - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

पोखरीमा डुबेर एक वृद्धको मृत्यु



लहान । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिए ।

सदाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ । रासस