पोखरेरले बोलाए संसदीय दल र मन्त्रीपरिषदको आकस्मिक बैठक - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पोखरेरले बोलाए संसदीय दल र मन्त्रीपरिषदको आकस्मिक बैठक



बुटवल — मुख्यमन्त्री शंकर पोखरेलले संसदीय दल र मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् । उनले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने टुंगो लगाउन बैठक बोलाएको बुझिएको छ।

पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव दर्तापछिको कदमबारे निर्णय गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक अहिले बस्ने भएको छ ।सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले अविश्वासको प्रस्तावबारे छलफल गरेर दिशा तय गर्नेबारे छलफल गर्न बुधबार बिहान संसदीय दलको बैठक बोलाएको बताए ।

बुधबार दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन डाकिएको छ ।दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने वा मुख्यमन्त्रीले राजीनामा दिने भन्ने टुंगो लगाउने बताइएको छ ।

एमाले सांसद लिला गिरीले अविश्वासको प्रस्ताव र प्रदेशसभाको अधिवेशन आह्वान संविधानविपरीत भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् ।

शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोसहितको विपक्षमा गठबन्धनमा सभामुखबाहेक ४१ सांसद छन् ।

अविश्वासको प्रस्ताव टेबुल भएमा मुख्यमन्त्री पोखरेल सरकारबाट बाहिरिने निश्चितजस्तै देखिन्छ ।