सर्वोच्चमा बहस: पार्टीको समस्या समाधान गर्न नसकेर संविधान मास्न पाइन्छ र श्रीमान ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सर्वोच्चमा बहस: पार्टीको समस्या समाधान गर्न नसकेर संविधान मास्न पाइन्छ र श्रीमान ?



काठमाडौं- संसद विघटनविरुद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सोमबार पनि जारी छ।

अधिवक्ता दिनमणि पोखरेलले इजलासमा बहस गर्दै आफ्नै पार्टीको समस्या मिलाउन नसक्नेले संसदलाई पिडा दिन नमिल्ने बताए ।

उनले बहस गर्दै पार्टी भित्रका साना समस्या समाधन र ब्यवस्थापन गर्न नसकेर संसद र संविधानलाई बन्दी बनाउन खोजेको आरोप समेत लगाए ।

उनले जनताको लागि निर्वाचन गर्न लागिएको भन्दैमा संविधान नै मास्न नहुने तर्क गरे । संविधान उल्लंघन गरी भएको निर्वाचनले प्रणाली बिगार्ने उनको तर्क थियो।

निर्वाचनमा लागि अबलम्बन गरिएको बाटो कानुनसम्मत छ कि छैन हेर्नुपर्छ। संविधान अनुसार निर्वाचन नभएमा त्यसले झन् आघात पुर्‍याउँछ। सदनले निकास दिन नसके मात्रै ताजा जनादेशमा जाने व्यवस्था छ’, उनले भने।

पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद् विघटन र अदालतको व्याख्या पनि स्मरण गरे। ‘मनमोहन अधिकारीले प्रतिनिधि सभा विघटन गर्दा सदनले अर्को सरकार बनाउन सक्ने अवस्था रहेकाले त्यसैबाट निरूपण खोज्नुपर्ने अदालतको फैसला थियो’, उनले भने।

पोखरेलले संविधान मासेर प्रनाली बचाउन चुनाव गर्न लागेको भन्ने कुरा बेतुकको भएको बताए । उनले भने,’प्रणाली बचाउनका लागि निर्वाचनमा जानुपर्छ। तर, संविधान उल्लंघन गरी भएको निर्वाचनले प्रणाली नै बिगार्न सक्छ’,उनले भने।

आइतबारबाट संवैधानिक इजलासमा विषय केन्द्रित बहस सुरु भएको छ। आइतबार चार जनाले आफ्नो भनाइ राखेका थिए।