सरकार आलोपालो गर्ने कुनैपनि सहमति भएको छैन : पोखरेल
सिन्धुली । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा एकता हुँदा सरकार आलोपालो गर्ने कुनै सहमति नभएको बताएका छन् । उनले वर्तमान सरकार पाँच वर्षसम्म विनाअवरोध चल्ने पनि बताए ।
शनिबार सिन्धुलीमा मदन भण्डारीको ६८औं जन्मजयन्ती कार्यक्रममा उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार आलोपालो चलाउने सहमति नभएको जिकिर गरे ।
उपप्रधानमन्त्री पोखरेलले निर्वाचन घोषणापत्रको आधारमा नै सरकारले काम गरिरहेको जिकिरसमेत गरे । उनले जनताले सरकार रहने बिषयमा कुनै शंका नगर्न आग्रह पनि गरे ।
उनले भने ‘यो सरकार पांच वर्ष ढुक्क चल्छ र कुनै फेरबदल हुँदैन । पार्टी एकताको समयमा त्यस्तो कुनै सहमति पनि नभएकोले यो शंका गर्नु पर्दैन ।