पोखरा विश्वविद्यालयको स्ववियुमा अनेरास्ववियु विजयी - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

पोखरा विश्वविद्यालयको स्ववियुमा अनेरास्ववियु विजयी



काठमाडौँ : पोखरा विश्वविद्यालय अन्तर्गतको केन्द्रीय क्याम्पसको सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ।

बिहीबार भएको स्ववियु निर्वाचनमा कुल २२८० मतदाता मध्ये १७६९ ले मतदान गरेका थिए।

स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सुनिल तिमिल्सिना वियजी भएका छन्। यस्तै, सचिवमा सुरज परियार, कोषाध्यक्षमा प्रकृति दवाडी विजयी भएका छन्।

उपसभापति, सहसचिवसहित अधिकांश पदमा अनेरास्ववियु विजयी भएको हो।

यस्तै, काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट भने दुई जना सदस्य विजयी भएका छन्।