पोखरामा सयौं युवाहरू सडकमा: प्रधानमन्त्रीको राजिनामा मागे
पोखरा- पोखरामा स्वतन्त्र युवाहरुले आह्वान गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको गरिएको छ भने आन्दोलनकारीले प्रधानमन्त्री ओलीको राजिनामा पनि मागेको छन् ।
स्वतन्त्र युवाहरुले आह्वान गरेको विरोध प्रदर्शनमा पीसीआर, आरडीटी र स्वास्थ्यको हकबारे नारावाजी गरिएको थियो
प्रदर्शनमा सयौं युवा सहभागी थिए । प्रशासनले एक घण्टा शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति पनि दिएको थियो । एक घण्टाको समयमा शान्तिपूर्ण प्रदर्शन नै भयो । त्यसपछि प्रदर्शन आन्दोलनमा बदलियो । उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न नारा लगाएका थिए ।
प्रहरीले भिड व्यवस्थापन गर्न दुई जनालाई पक्राउ गर्यो । प्रदर्शन आयोजना गर्नेमध्येक एक अभियन्ता स्मृति बरालले नेविसंघले प्रदर्शन बिथोलेको आरोप लगाइन् । उसो त अन्तिममा अभियन्ताहरुमाथि नै अर्का स्वतन्त्र युवाहरुले अरुबाट परिचालित भएको भन्ने प्रश्न उठाएका थिए ।