पोखरामा बसको ठक्करबाट नेविसंघ सभापतिको मृत्यु भएपछि तनाब उत्पन्न - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

पोखरामा बसको ठक्करबाट नेविसंघ सभापतिको मृत्यु भएपछि तनाब उत्पन्न



पोखरा । सोमबार साँझ बसको ठक्करबाट नेपाल विद्यार्थी संघ स्याङजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिको मृत्यु भएपछि पोखरामा तनाव उत्पन्न भएको छ ।

सोमबार साँझ ग १ ख ६६७७ नम्बरको माइक्रो बसको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएपछि मंगलबार बिहानैदेखि तनाव सिर्जना भएको हो । पृथ्वीनारायण क्याम्पस रहेको बगर क्षेत्र तनावग्रस्त छ ।

विद्यार्थी र प्रहरीबीच पटकपटक झडप भएको छ । झडपका क्रममा प्रहरीले कपिलदेव रानाभाटसहित ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।विद्यार्थीहरुले गाडी चालकले जानीजानी किचेर मारेको आरोप लगाएका छन् ।