पोखरामा पनि पछि छोडियो एमाले
पोखरा महानगरपालिकाको एक हजार मतगणना हुँदा सत्ता गठबन्धनले अग्रता लिएको छ । महानगरका वडा नम्बर १ र १२ मा मतगणना गर्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् ।
आचार्यले ४ सय ६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले ३ सय ५४ मत पाएका छन् । मेयरमा राप्रपाका शंकर खरालले ६१ मत र स्वतन्त्र गनेस पौडेलले १९ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४ सय ५९ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले ३ सय ७१ मत प्राप्त गरेकी छन् ।