पोखरामा अमेरिकी नागरिकको मृत्यु - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

पोखरामा अमेरिकी नागरिकको मृत्यु



काठमाडौं- पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।

नेपाल घुम्न आएका अमेरिकी नागरिक मार्क स्कोनि फिल्डको पोखरामा मृत्यु भएको छ ।

बिहान करिब ९ बजे लेकसाइडको एक होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

७० वर्षीय मार्क बसेकै होटलको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

मार्कको पासपोर्ट नम्बर ५९५६२४७१२ गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनी पोखरा महानगरपालिका ६ डिहिकोपाटन स्थित भिलेज इन होटलमा ७ दिनदेखि बस्दै आएका थिए ।

उनको शवलाई स्वदेश फिर्ता पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।