पोग्बा र हाजार्ड रियल म्याड्रिड जाने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

पोग्बा र हाजार्ड रियल म्याड्रिड जाने



एजेन्सी– पाउल पोग्बा र इडन हाजार्ड आउने दिनका लागि क्लबमा आबद्ध हुनेमा रियल म्याड्रिड आश्वस्त देखिएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानको मुख्य लक्ष्य नै यी दुई खेलाडीलाई भित्राउनु रहेको बताइएको छ ।

जिदान पोग्बाका प्रशंसक हुन् । जसका लागि पनि पोग्बा रियल जाने सम्भावना बाक्लो रहेको छ । जिदानले आफ्नो प्रशिक्षणमा पोग्बालाई विश्व उत्कृष्ट खेलाडी मध्येको सुचिमा राख्न सक्ने आशा राखेका छन् । फ्रान्सेली महान खेलाडी जिदान आफ्नै देशका पोग्बालाई स्पेन लाने तयारीमा छन् । हाजार्ड पनि रियलसँग लामो सम्झौताको पर्खाइमा रहेको अनुमान गरिएको छ ।

बेल्जियन स्टार हाजार्ड केहि दिनमै स्पेन पुग्ने अनुमान गरिएको छ । रियल आफ्ना केहि खेलाडीलाई बेच्ने पक्षमा रहेको बताइएको छ । ग्यारेथ बेल, केलार नाभास, हामेस रोड्रिग्वेज र इस्को जस्ता खेलाडी जिदानको अर्को सिजनको योजनामा नरहने अनुमान गरिएको छ ।

जसले रियल हाजार्ड, पोग्बा जस्ता केहि खेलाडीलाई भित्राउने तयारीमा जुट्नेछ । यो सिजन उपाधिविहिन बनेको रियल नयाँ सिजनमा सम्भव सबै खाले उपाधिका लागि कडा चुनौति दिने पक्षमा जानेछ ।