मलाई प्रधानमन्त्रीमा बसिरहन मन छैन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

मलाई प्रधानमन्त्रीमा बसिरहन मन छैन: प्रधानमन्त्री ओली



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबाफत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले दिल्लीका सञ्चार माध्यम र नेपालका होटेलहरुमा भइरहेका गतिविधि र एम्बेसीको सक्रियताले आफूलाई हटाउने खेल चलिरहेको पुष्टि हुने टिप्पणी गरे ।

‘दिल्लीका सञ्चार माध्यमहरु सुन्नुहोस । यहाँका होटहरुमा भइरहेका गतिविधिहरु हेर्नुहोस्, एम्बेसीको सक्रियताले पनि त्यो देखाइरहेको छ ’, प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले नेपालको राष्ट्रियता त्यति कमजोर छैन कि आफ्नो भूमि समेटिएको नक्सा छाप्दैमा सरकार ढल्नु परोस् ।’

उनले अहिले आफूलाई प्रधानमन्त्रीबाटछ हटाउने सपना कसैले नदेखे ठिक हुने चेतावनी दिए ।

‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन मन छैन तर अहिलेको अवस्थामा म पदबाट हट्ने पनि हैन किनभने अहिले म हटेभने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन’ प्रधानमन्त्रीले भने ।

उनले आफू अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्रीमा रहिरहेको बताए ।