प्रधानमन्त्रीकै जिल्लामा गोरु काटेपछि स्थानीय र प्रहरीको झडप, एकको मृत्यु - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

प्रधानमन्त्रीकै जिल्लामा गोरु काटेपछि स्थानीय र प्रहरीको झडप, एकको मृत्यु



झापा- झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झपडपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका झापा गाउँपालिका–३ का रफिक आलमको मृत्यु भएको छ।

गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए।

गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए ।

सयौंको संख्यामा स्थानीयहरुले टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । कामाटोली झापाको मुसलमान बाहुल्य क्षेत्र हो ।

कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेहरुमा झापा गाउँपालिका–३ का अब्दुल सलाम र ताजमल हक रहेका छन्।