भ्याक्सिन खरिदको भ्रष्टाचारबारे प्रधानमन्त्री ओलीले मुख खोले
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्याक्सिन खरिद भएको भ्रष्टाचारबारे मुख खोलेका छन् ।सोमबार विश्वासको मत लिनुअघि उनले आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भएको बताएका हुन् ।
‘मलाई अचम्म लाग्छ । हामी कोभिडविरुद्धको लडाइमा छौँ । कतिपय कर्नरमा प्रममाथि हिलो छ्याप्ने, कोभिडविरुद्धको ओषधि खरिदजस्ताविरुद्धमा भएको भ्रटाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने खालका क्रियाकलाप भए।’
ओलीले भने, ‘यस्तो बेलामा आज हामी स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर, जनताले देख्नेगरी त्यसका काममा एकजुट भएर लागेको हुनुपर्ने थियो, दुखका साथ भन्नुपर्छ हामी त्यसरी जान सकेनौं, हाम्रा गतिविधि र चिन्तन, प्रयास, जे कुरामा केन्द्रित हुनुपर्थ्यो हुन सकेन ।’