प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनीको फोन - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनीको फोन



नयाँ दिल्ली । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन।

भारतको २ दिने भ्रमणमा रहेका विदेशमन्त्री बिंलकेनले नयाँ दिल्लीबाटै टेलिफोन मार्फत देउवासँग कुराकानी भएको बताएका छन्।

देउवासँग कोरोना महामारी विरुद्धको लडाई, नेपालमा अमेरिकी सहायता तथा जलवायु परिवर्तनका बिषयमा छलफल भएको उनले ट्विट मार्फत जानकारी दिएका छन्।

टेलिफोनवार्ता बारे पुष्टि गर्दै परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्केनबीच दुई मुलुकका आपसी चासोका साथै विकास सहकार्य, पर्यावरण र कोरोना भाइरसको समयमा सहकार्यको विषयमा कुराकानी भएको जनाएको छ।