प्रधानमन्त्री र ठाकुरको दौडधुप: कोहि शितलनिवास कोहि भारतीय दुतावासमा
काठमाडौं- बिहिबार साँझ बालुवाटारमा बसेको क्याबिनेट बैठक सकेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगे ।
त्यही वीच शीतल निवासबाट सूचना निस्कियो र राती सवा आठ बजे प्रधानमन्त्री ओली रास्ट्रपति भेट्न शितलनिवास गए ।
मधेशी नेताहरु भने त्यतैबाट साढे सात बजे लैनचौरस्थित भारतीय दूतावास जाने तय भयो । तर, यो बेला बढी हिमचिम देखिँदा हल्ला हुने डरले राजेन्द्रको गाडी घरतिरै सोझिएको श्रोत बताउँछ ।
ठाकुर र महतो बालुवाटारबाट निस्केपछि प्रधानमन्त्री ओली भने राती ८ बजेर २० मीनेटको हाराहारीमा शीतल निवास छिरेर पौने १० बजे बाहिरिएका थिए ।
बिहिबार साँझ विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेका एकजना राजनीतिक विश्लेषक भन्छन् ‘९ गतेलाई संसद आह्वानको सिफारिश, अध्यादेश जारी, नयाँ सरकार गठनको सूचना निकालेपछि पनि प्रधानमन्त्री राती दुई घण्टा शीतल निवास गएर गरेको वार्ताको आधारमा आज ठूलै राजनीतिक घटनाको निर्णय हुनसक्ने आँकलन गर्न सकिन्छ ।
जसरी पनि संसद विघटन र ओली सरकारको निरन्तरता नै हिजो साँझको भेटघाटको मूल विषय हुनसक्ने जनआस्थाले लेखेको छ ।