प्रधानमन्त्रीको विशेष सम्बोधन र मन्त्रिपरिषद बैठकको तयारी: के हुँदैछ विशेष ? - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

प्रधानमन्त्रीको विशेष सम्बोधन र मन्त्रिपरिषद बैठकको तयारी: के हुँदैछ विशेष ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक सोमबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएको बुझिएको छ ।

यसैगरी सरकारले लक डाउनको समय १ साता थप्ने तयारी समेत गरेको स्रोतले बताएको छ ।

यसैगरी सीमानामा अलपत्र नेपालीको बारेमा पनि केहि महत्वपुर्ण निर्णय हुनसक्ने बताइएको छ ।

आजैको मन्त्रिपरिषदमा स्वास्थ्य सामग्री खरिद गर्न जिटुजीबारे थप निर्णय गर्नेसमेत स्रोतले बतायो।

मन्त्रिपरिषदमा लैजाने प्रस्तावबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढाकाल, अर्थमन्त्री युवराज खतिवडा र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्न लागेका छन्।

सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी समेत गरेका छन्। दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।

प्रधानमन्त्रीले कहिले सम्बोधन गर्ने भनेर आजकै मन्त्रिपरिषदको बैठकबाट तय हुने स्रोतले बतायो।