प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्ने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्ने भएका छन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका बुझिएको छ ।
ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने तयारी गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।