देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीले अहिले ८ बजेपछि देशवासीका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधन साझ ८ बजेको समाचारपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने छ । पछिल्लो समय सत्तारुढ नेकपाका बहुमत शीर्ष नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको अवस्था छ भने देशभर ओलीको पक्षमा प्रदर्शन पनि जारी छ ।

यस्तै प्रधानमन्त्री ओली र चिनियाँ राजदूतको नाम जोडेर भारतीय मिडियाले अर्नगल प्रचार गरिरहेका छन् । कोरोना महामारीका बीच प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा उक्त विषय पनि समावेश गने बुझिएको छ ।