बारा र पर्सामा २५ जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा समवेदना प्रकट
काठमाडौं–बारा र पर्सा जिल्लाको केही स्थानमा आइतबार सॉझ आएको डरलाग्दो आँधी तथा हुरीबाट २५ जनाको मृत्यु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले मृत्युवरण गर्नेहरूप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले उद्दारमा गम्भीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको भन्दै अहिले घटनास्थलमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको जानकारी गराएका छन् ।
‘धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएको छ। यस आकस्मिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। उद्दारमा यस दुर्घटनामा हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएको छ ।’ रिमालले भनेका छन् ।