मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई फोनमा के भने ?
जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।
प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् ।
प्रदेशमा आफूहरुले नै शोक घोषणा गर्न लागे पनि यत्रो क्षतिले राष्ट्र नै शोकमा पुगेकाले संघीय सरकारलाई यस्तो आग्रह गरिएको मन्त्री साहले बताए ।
मन्त्री साहका अनुसार सोमबार बिहानको प्रदेश सरकारको बैठकममै यो प्रस्ताव आए पनि आफूहरुले यस सम्बन्धमा कुनै निर्णय नगरी प्रधानमन्त्रीलाई आग्रह गरिएको हो ।
बिहान बसेको प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।