प्रधानमन्त्रीले आज राजीनामा दिने
नागरिक दैनिक
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ ।
त्यसपछि पधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुहुनेछ । प्रेस संयोजक गोविन्द परियारले भने ।
यस अघि हिजो बुधबार राजिनामा दिने भनिएपनि मन्त्रिपरिसदको बैठक बसेर केहि निर्णय गर्नु पर्ने भएकाले उनले आज राजिनामा दिने भएका हुन् ।