आफ्नै कार्यकार्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

आफ्नै कार्यकार्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला



काठमाडौं । पोखरामा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि युवा-विद्यार्थीले पुत्ला जलाएका हुन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थीले प्रदर्शनसमेत गरिरहेका छन्।