राष्ट्रपतिसँग लामो छलफल गरेर फर्किए ओली
काठमाडौं- विश्वासको मत गुमाएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्।
सोमबार साँझ आकस्मिक मन्त्रिपरिषद्को बैठक सकेर उनी शितल निवास गएका थिए ।
सोमबार दिउँसो प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेर कामचलाउ बनिसकेका प्रधानमन्त्री ओलीले अबका कदमबारे छलफल गरेको स्रोतले बताएको छ ।
साँझ मन्त्रिपरिषद् बैठकलगत्तै शीतल निवास पुगेका ओलीले राष्ट्रपतिसँग लामो छलफल गरेका थिए ।