प्रधानमन्त्री ओलीले भने : खुट्टा तान्ने काम हाम्रो हो ,उद्योगीको होइन - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

प्रधानमन्त्री ओलीले भने : खुट्टा तान्ने काम हाम्रो हो ,उद्योगीको होइन



प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरुलाई एकअर्काको खुट्टा तान्ने काममा नलाग्न आग्ह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले खुट्टा तान्ने काम राजनीतिज्ञलाई नै छोडिदिन आग्रह गरेका छन् ।

‘तपाईंहरु खुट्टा तान्ने काम नगर्नुस् खुट्टा तान्ने काम राजनीतिज्ञलाई छाडिदिनुस्’ प्रधानमन्त्रीले भने ।

साथै उनले निजी क्षेत्रलाई विद्युतीय बस उत्पादन उद्योग खोल्न आग्रह गरेका छन् । विद्युतीय बस उत्पादन गर्न चाहनेलाई सरकारले सहयोग गर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक निजी साझेदारी (पीपीपी) मा काम गर्न इच्छुक रहेको बताएका हुन् । उनले पीपीपीका लागि निजी क्षेत्रभन्दा सरकार बढी उदार रहेको जिकिर गरे ।

‘अहिले सरकार पब्लिक प्राइभेट पार्टनरसीपमा काम गर्न सरकार विल्कुलै तयार छ । त्यसका लागि प्राइभेट सेक्टर भन्दा सरकार बढी उदार छ’ उनले भने ।

प्रधानमन्त्रीले त्यसका लागि के के गर्नुपर्छ भनी निजी क्षेत्रलाई प्रश्न समेत गरे । उनले कुन कुन ऐन कहाँ कहाँ संशोधन गर्नुपर्छ सरकार तयार रहेको पनि बताए । ‘त्यसका निम्ति के के गर्नुपर्छ रु कुन ऐनको कहाँनेर संशोधन गर्नुपर्छ रु’ प्रधानमन्त्री ओलीले भने ‘भएन भनेर मात्र होइने भएन कहाँ भएन त्यसलाई कस्तो बनाउनुपर्छ, त्यसलाई उपयुक्त ढंगबाट एड्रेस गर्छौं ।’