प्रधानमन्त्री निवासबाटै पार्टीको काम - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

प्रधानमन्त्री निवासबाटै पार्टीको काम



काठमाडौं, भदौ २० । दुई अलग वामशक्ति एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘हेडक्वार्टर) तत्कालिन एमालेको कार्यालय धुम्बाराही कायम भयो । तत्कालिन माओवादी केन्द्रको पेरिसडाँडास्थित ‘हेडक्वार्टर’ भने जनवर्गीय संगठनको कार्यालय भयो ।

कार्यालय बाँडफाँट टुंगिए पनि नेकपाको सञ्चालन भने न धुम्बाराहीबाट हुन्छ, न पेरिसडाँडाबाटै । कार्यालयको टुंगो लागे पनि पार्टी सञ्चालन भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भइरहेको छ ।

पार्टीको महत्वपूर्ण बैठक, भेटघाट, छलफलसमेत प्रधानमन्त्री निवास बालुवाटार मै हुने गरेको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीका सबै बैठक बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् । –राजधानी दैनिकबाट