प्रधानमन्त्री ओलीले सांसदलाई कस्तो निर्देशन दिंदैछन् ? - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

प्रधानमन्त्री ओलीले सांसदलाई कस्तो निर्देशन दिंदैछन् ?



काठमाडाैं : सत्तारुढ दल नेपाल कम्पुनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक आज बस्दै छ।

संघीय संसदको कार्यालय तथा नेकपाको संसदीय दलको कार्यालय नयाँबानेश्वरमा विहान ११ बजे बस्ने बैठकमा संसदको चौथो अधिवेशनको सुरुमै सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि नेकपाले त्यसमा समावेश हुने कार्यक्रम र अवलम्बन गर्नुपर्ने वार्षिक नीति सम्बन्धमा छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सम्योजक चेतन अधिकारीले जनकारी दिए।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने भएपछि सो अगावै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित हुनु पर्नेछ। बैठकमा प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सोही अनुसारको तयारीमा जुट्न निर्देशन दिने कार्यक्रम छ। संसद अधिवेशन समेत नभएको समय गाउँ गाउँ गएर जनताको प्राथमिकता बुझ्न तथा प्राथमिकताका आधारमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने योजनाबारे सुझाव दिन प्रधानमन्त्री ओलीले आफ्नो दलका सांसदलाई निर्देशन दिनेछन्।

त्यस्तै सरकार र सीके राउतबीचको सहमति, नेत्रविक्रम चन्द समूहको गतिविधिमा लगाईएको प्रतिबन्ध लगायतका विषयमा पनि छलफल हुने संयोजक अधिकारीले जानकारी दिए।