५० हजारको आस्वासन दिन हप्तौँपछि मेलम्ची पुगे प्रधानमन्त्री

सिन्धुपाल्चोक- प्रधानमन्त्री केपी शर्मा ओली हेलम्बु र मेलम्ची बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । त्यहाँ पुगेर ओलीले बाढी पीडितलाई ५० हजार उपलब्ध गराउने आस्वासन दिएर फर्किएका छन् ।
बाढी पीडितलाई अस्थायी आवासको लागि उनले प्रतिपरिवार ५० हजार दिने घोषणा गरेका हुन् । यही असार १ गते मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा बाढी आएर हजारौं घरपरिवारको बिचल्ली भएको छ ।
बाढी आएको हप्तौँपछि त्यस क्षेत्रमा पुगेर ओलीले पहिरोस्थलको निरीक्षण गर्दै तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।
बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक प्रधानमन्त्री ओली पुगेका थिए। यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्याएको थियो।

