प्रधानमन्त्रीले गन्दैनन मन्त्री : कोहि काखा, कोहि पाखा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रधानमन्त्रीले गन्दैनन मन्त्री : कोहि काखा, कोहि पाखा



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेताको रुपमा सुवास नेम्वाङ र सचिवालय अगुवाको रुपमा मुख्य सल्लाहकार विष्णु रिमालको सोझो पहुँच छ ।

रिमालजस्तै मन्त्रीसरहको हैसियतमा विदेश मामिला सल्लाहकार डा राजन भट्टराई छन् । तर ओली आफ्नै मन्त्रीपरिषद्का सदस्यहरुको रायलाई खासै महत्व दिँदैनन् ।

‘उहाँले क्याबिनेटमा कहिल्यै सुझाव लिनुहुन्न, आफूलाई चित्त नबुझेको मन्त्रीले केही बोल्न सुरु गर्यो भने सुनेको नसुन्यै गरेर प्रसंगनै अन्त मोड्नुहुन्छ’ एक मन्त्रीले भने । ईश्वर पोखरेल जस्ता उपप्रधानमन्त्रीलाई समेत प्रधानमन्त्रीले खासै वास्ता नगर्ने खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।