काठमाडौंबाट सुर्खेत हुँदै डोटी जाँदै प्रधानमन्त्रीको टोली, यस्ता छन् कार्यक्रम - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

काठमाडौंबाट सुर्खेत हुँदै डोटी जाँदै प्रधानमन्त्रीको टोली, यस्ता छन् कार्यक्रम



काठमाडौं । वेमौसमी वर्षापछिको वाढी पहिरोले आक्रान्त सुदूरपश्चिमको बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि प्रधानमन्त्री शेरवहादुर देउवा आज सुदूरपश्चिम जाने भएका छन् ।

अहिले केही बेरमा प्रधानमन्त्री देउवा काठमाडौंबाट सुर्खेत हुँदै डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसँगको टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुनेछन्।

डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि टोलीले आजै बझाङ हुँदै बैतडीको ढुंगाड सम्म जाने गरी कार्यक्रम तय गरेको छ ।

त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र जोगबुढा नगरपालिका हुँदै टोली कञ्चनपुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसपछि भने प्रधानमन्त्रीको टोली आज धनगढीमै बास बस्ने कार्यतालिका छ।

शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने छन् । त्यसपछि मात्रै प्रधानमन्त्री काठमाडौं फर्किने गरी कार्यक्रम बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।