वैशाख ५ मा सबै क्षेत्रमा खतरनाक अट्याक गर्छु: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ५ बाट विकास निर्माण र शिक्षामा एकैपटक अट्याक गर्ने बताएका छन् । त्यसपछि सरकारको परिभाषा नै परिवर्तन हुन्छ उनको दाबी छ ।
बुधबार एमाले भ्रातृ संगठन जिफन्टको सातौं महाधिवशेनको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका काम सुरु भएपछि विश्वले यसअघि सिंगापुर र स्वीजरल्याण्डको नाम लिने गरेकोमा अव नेपालको नाम लिन थाल्ने बताए ।
‘केही समयपछि मानिसहरुले सिंगापुर र स्वीजरल्याण्डको हैन, नेपालको नाम लिन थाल्नेछन् । विकास र सम्बृद्धिका लागि वर्तमान सरकार गठन भएको भन्दै उनले कम्युनिष्टहरुले भ्रम मात्रै छर्छन भन्ने भ्रम चिरेर सम्बृद्धि गर्छ भन्ने कुरा स्थापित गरिने दाबी पनि गरे ।
चन्दा उठाउनेले लोकतन्त्र मान्दौनौ भनेर केही हुनेवाला छैन भन्दै प्रधानमन्त्री ओलीले बर्तमान सरकार कसैलाई दमन गर्न नभई विकासका काम गर्न बनेको दोहोर्याए ।
समाजमा जातजाती , समुदाय र धर्ममा खेल्न खोज्ने तत्वहरु अझै रहेको भन्दै होसियारपुर्वक एकतावद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए । ‘सम्बृद्धिको बाटोमा अव सरकार गइसक्यो, जनताका आशा निराशामा परिणत गर्ने छैनौ ।