डा. केसीले कांग्रेसको आडमा राजनीति गरेको प्रधानमन्त्रीको आरोप - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

डा. केसीले कांग्रेसको आडमा राजनीति गरेको प्रधानमन्त्रीको आरोप



प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूसित शनिबार विकास निर्माणबारे छलफल गर्दै ओलीले केसी जनताको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत ओलीले बताएको छलफलमा सहभागी एक सांसदले जनाए ।

ओलीले केसीलाई राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्नसमेत चुनौती दिए । उनले केसीमाथि कांग्रेसको आडमा अनशन बसी राजनीति गरिरहेको आरोप लगाउँदै कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाइएको भरमा त्यसलाई स्वीकार्न नसकिने बताए ।

ओलीले उपत्यकाका माइतीघर मण्डललगायत ठाउँमा जारी गरिएको निषेधाज्ञा पनि नहट्ने बताएको छलफलका सहभागीले जनाए ।